Friday, December 3, 2010

नेपाली श्रमिकहरुको होस्टेलमा चोरीको प्रयास

सबिन राई, पेनाङ - यहि नोभेम्बरको २३ तारिक मंगलबारको दिन जोहोरबारुको देशाचेम्बरल्याण्ड स्थित रहेको लन्डन बिस्कुट ब्राण्ड कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको होस्टेलमा स्थानिय तमिल गुण्डाहरुले होस्टेलको ताला फोरेर चोरी गर्ने प्रयास गरेका छन् । सबै जना काममा गएको मौका छोपी साझको ८:३० बजे तिर होस्टेलको मेन गेट र ढोका फोरेर भित्र छिने क्रममा दिवा सिफ्टमा रहेका ब्याक्तिहरु आएर थाहा पाई हो-हल्ला गरे पछि लुटेराहरु चार वटा मटरसाईकलमा चडेर भागेका थिए । घटनामा लुटेराहरुले कुनै पनि सामान भने लान पाएनन् ।

समयमा थाहा पाएर हो हल्ला गरे पछि लुटेहरु भागेकाले सामान भने बचेकॊ कुरा सोही कम्पनीमा कार्यरत बुधसागर चौधरीले फोन सम्पर्क मार्फत बताएका छन् । विभिन्न समयमा वेग्ला-वेग्लै म्यानपावरबाट आएका ६० जना भन्दा बढी श्रमिकहरु उक्त कम्पनीमा कार्यरत रहेका छन् । घटना पश्चात तत्कालै कम्पनी मालिकलाई फोन गरी जानकारी गराएको थिए । कम्पनीले पनि राम्रै सहयोग र सुरक्षा दिएको कुरा छ । तोडफोड भएको गेट र ढोका मर्मत गर्नुको साथै नया ताला चावीको व्यावस्था गरेर सुरक्षित तवरले बस्न सक्ने वातावरण बनाईदिएको कुरा पनि बताईएको छ ।


0 comments:

Post a Comment

  © Namaskar TheVermontNepali by Suman Thapa 2011

Back to TOP