Thursday, December 9, 2010

मुल्य बृद्धिको निर्णय पुर्नविचार गर्न सरकारलाई निर्देशन

२३ मंसिर, काठमाडौं । पेट्रोल, डिजेल, मट्टितेल र ग्यास सिलिण्डरमा भएको मुल्य बृद्धिको निर्णय पुर्नविचार गर्न सरकारलाई व्यवस्थापिका संसदको अर्थ र श्रम समितिले निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले मुल्यबृद्धिको विकल्प खोज्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सबै विकल्पहरुमाथि अध्ययन र छलफल गरेर मूल्यवृद्धिको सामाधान निकाल्न निर्देशन दिएको हो । बैठकपछि पत्रकारहरु संग कुरा गर्दै समितिका सदस्य जिपछिरिङ्ग लामाले सरकारले भ्याट छुट दिएर मुल्य बृद्धिको निर्णय पुर्नविचार गर्न सकिने कुरा वताएका थिए । नेपाल अयाल निगमले डिजेल, मटितेल र पेट्रोलमा प्रतिलिटर रु ३ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ७५ मुल्य बढाएको थियो । मूल्यवृद्धिको विरोधमा उपभोक्ता,ग्याँस बिक्रेता,विद्यार्थी र कतिपय राजनीतिक दलले मुल्य विद्रीको विरोध स्वरुप आन्दोलन गरिरहेका छन् ।


0 comments:

Post a Comment

  © Namaskar TheVermontNepali by Suman Thapa 2011

Back to TOP