पब्लिसिटीको असर कलेक्सनमा पनि मेरोसिनेमा १६ मंसिर,
सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल'ले पहिलो साता निराशजनक कलेक्सन गरेको छ । वितरक डिजिटल सिनेमा नेपालको बक्सअफिसमा करोड लगानीको चलचित्र पहिलो साता २५ लाखमा सीमित रह्यो ।
गोपीकृष्ण मूभिजको 'खुशि'ले पनि पहिलो डेढसातामा यति नै रिभेन्यू ग्रस बटुलेको थियो । यद्यपी शुक्रबारदेखि पूर्वमा रिलिज भएको चलचित्र 'बाटो मुनिको फूल'का लागि दोस्रो साता सुखद रहन सक्छ । पूर्वमा यशकुमार स्टारर चलचित्रले अपेक्षाकृत 'पिकअप' गर्ने आशा गरिएको छ ।
'बाटो मुनिको फूल' अहिले ३१ सिनेमा घरमा स्क्रिनिङ भैरहेको छ । 'हाम्रोतर्फबाट पब्लिसिटीमा कुनै कसर बाँकी राखेका थिएनौं' डीसीएन वितरण चिफ दीपक दंगालले मेरोसिनेमासँग भने 'चलचित्र चल्ने भन्ने कुरा दर्शकको मुडमा भरपर्दो रहेछ ।' पहिलो साता यो चलचित्र मध्यमान्चल र पश्चिमान्चलका थिएटरबाट प्रदर्शनमा आएको थियो ।
'बाटो मुनिको फूल'ले आशा गरिएअनुसार ब्यापार गर्न नसक्नुमा 'गोर्खापल्टन'को पिकअप, होल्डओभर र कमजोर पब्लिसिटी प्रमुख कारण रह्यो । किनभने डीसीएनले पूर्वका हलबाट 'गोर्खापल्टन' रिप्लेस गरेर 'बाटो मुनिको फूल' प्रदर्शन थालेको हो । जसको प्रत्यक्ष फाइदा आगामी २४ रिलिज हुने चलचित्र 'धर्मा'लाई पुग्ने देखिन्छ ।
पाँचौ सातामा प्रदर्शन भैरहेको चलचित्र 'गोर्खापल्टन'ले आफ्नो कलेक्सन दुइ करोड नजिक पुर्याउने दूरी टाढा छैन । शुक्रबारसम्म प्रशान्त तामाङ स्टारर चलचित्रले ग्रस कलेक्सन १ करोड ९० लाख पुर्याएको छ । शुक्रबारदेखि नै प्रदर्शन थालेको क्यूव वितरण चलचित्र 'हाँसिदेऊ एकफेर'ले सन्तोषजनक ओपनिङ गरेको विवरणहरु प्राप्त भएका छन् ।
0 comments:
Post a Comment