बजेट अझै अन्यौलमा, बेलुकी ८ बजेको अपडेट
३ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ गरी बजेट ल्याउन नहुने अडान राखेपछि शुक्रवार संसदमा पेश गर्न भनिएको बजेट अन्यौलमा परेको छ ।
माओवादीले नियमित प्रक्रियाबाटै संविधान संसोधन गरेर बजेट ल्याउनेपर्ने अडान राखेपछि बजेट प्रस्तुत गर्ने कार्यक्रम अन्यौलमा परेको छ । सरकारले पूर्ण बजेट ल्याउन लागेको भन्दै माओवादीले आपत्ति जनाएको हो । यसअघि शिर्ष नेताको बैठकमा भने माओवादीले बर्तमान सरकारले नै बजेट ल्याउन सहमति जनाएको थियो ।
माओवादीले अडान राखेपछि आज १२ बजेका लागि तय भएको संसद् कार्यव्यवस्था परामर्श समितिको बैठक बेलुकी ८ बजेसम्म पनि बस्नै सकेको छैन । सहमति जुटाउन तिन दलका शिर्ष नेताहरुवीच औपचारीक र अनौपचारीक छलफल भएपनि सहमति जुट्न सकेको छैन ।
बैठकका लागि विहानै संविधानसभा भवन नयाँबानेश्वर पुगेका सांसद्हरु अलपत्र परीरहेको देखिन्छ । त्यस्तै समाचार संकलनका लागि संविधासभा भवन पुगेका पत्रकार समेत बजेट अनिश्चित भएपछि अन्यौलमा रहेका छन् ।
शुक्रवार बजेट नआएमा बजेट ल्याउने कार्यक्रम केही दिन लम्बिने पक्का छ । माओवादीका शिर्ष नेताहरु पालुङटार बैठकका लागि शनिवार त्यसतर्फ जाने भएकाले बजेट घोषणा एक साता पर सर्ने निश्चित छ ।
0 comments:
Post a Comment