ख्यातीका अभियुक्तलाई सर्वस्व सहित जन्मकैद
३ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ख्याती श्रेष्ठका अभियुक्त वीरेन श्रेष्ठलाई सर्वश्वसहित जन्मकैदको फैसल्ला सुनाएको छ । अभियुक्त श्रेष्ठलाई ज्यान मुद्दामा दोषी ठहर गर्दै दुई लाख रुपैयाँ जरिवानाको फैसल्ला सुनाएको छन् ।
न्यायाधीस बालेन्द्र रुपाखेतीको इजलासले शुक्रवार दुई जना मिलेर श्रेष्ठलाई अपहरण गरी हत्या गरेको अभियोगमा सर्वस्व सहित जन्मकैदको फैसल्ला सुनाएको हो ।
राजधानीको पुतलीसडकबाट ०६६ जेठ २२ गते अपहरित ख्यातीलाई वीरेनले सहयोगी मेरिना शाक्यको सहयोगमा सोही दिन हत्या गरेका थिए । हत्या गरिएकी ख्यातीका शवका टुक्राहरु काठमाडौं, ललितपुर र चितवनमा फेला परेका थिए ।
0 comments:
Post a Comment