Saturday, November 20, 2010

सदनमा धकेलाधकेल मात्र: प्रचण्ड

४ मंसिर, काठमाडौं । शुक्रबार संविधान सभा हलमा माओवादी सभासद्हरुले अर्थमन्त्रीलाई हातपात गरेर ब्रिफकेस खोसेर तोडफोड गरेका घटनालाई माओवादी अध्यक्ष पुष्प कमल दाहालले सदनमा धकेलाधकेल मात्र भएको बताएका छन । घटनाको निन्दा गरेका राष्ट्रपति यादवलाई शनिबार बिहानै भेट्न पुगेका दाहालले सरकारका कारण उक्त घटना भएको दावी गरे ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटवार्तामा प्रचण्डले अध्यादेशमार्फत सरकारले बजेट ल्याए माओवादीले सशक्त प्रतिकार गर्न चेतावनी दिएका छन् । प्रचण्डले सदनमा धकेलाधकेल मात्र भएको तर कुटपीट नभएको वताएका छन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जवरजस्ती पूर्ण बजेट ल्याउने भएपछि रोस्टम घेर्ने क्रममा सामान्य ठेलमठेलमात्र भएको बताएका छन् ।

'हामीसँग भएको सहमितिको विपरित अन्तरिम संविधानको धारा ९६ 'क' को आवरणमा धारा ९३ अनुसार बजेट ल्याउने प्रयास भयो', श्रेष्ठले भने, 'हामीले तीन दलको वैठक र कार्यव्यवस्था परामर्श समितिको वैठकमा समेत यसको विरोध गरेका थियौं ।'

उनले घटनालाई बढाएर माओवादीलाई उत्तेजित नपार्न समेत आग्रह गरे । उनले रोस्टम घेर्नेमात्र आफ्नो कार्यक्रम भएको बताए । रोस्टम घेर्दा पनि अर्थमन्त्री अगाडि बढेकाले ब्रिफकेस खोसिएको उनले बताए ।


0 comments:

Post a Comment

  © Namaskar TheVermontNepali by Suman Thapa 2011

Back to TOP